२०८३ बैशाख २३ गते , बुधबार

नेदरल्याण्ड्समाथि दक्षिण अफ्रिकाको कठिन जित

sajilo news
एजेन्सी
२०८१ जेष्ठ २७ गते , आईतबार
नेदरल्याण्ड्समाथि दक्षिण अफ्रिकाको कठिन जित

आईसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले  नेदरल्याण्ड्समाथि कठिन जित निकालेको छ।  दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई ४ विकेटले पराजित हराउँदै लगातार दोस्रो जित दर्ता गर्यो।

१ सय ४ रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १८दशलमव ५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।  एक समय १२४ को अवस्थाबाट डेभिड मिलर र ट्रिस्टन स्टब्सले दक्षिण अफ्रिकाको इनिङलाई स्थिर बनाउँदै जिततर्फ डोर्याए। मिलरले ५१ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै नटआउट ५९ रन बनाए। स्टब्स ३७ बलमा ३३ रनमा आउट भए। अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्। नेदरल्यान्ड्सका लागि भिभियन किङ्मा र लोगान भान बिककले २र२ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३ रन बनाएको थियो ।  साइब्रान्ड एंगलब्रेक्टले ४५ बलमा ४० रन बनाएका थिए । त्यस्तै भान बिकले २२ बलमा २३ रन बनाए। विक्रमजीत सिंहले १२ र स्कट एडवर्ड्सले १० रन जोडे। दक्षिण अफ्रिकाका लागि ओटनियल बारर्टम्यानले ४ विकेट लिए । मार्को जेन्सेन र एन्रिच नोर्टजेले समान २ विकेट लिए।

समूह डी मा दक्षिण अफ्रिकाको २ खेलबाट ४ अंक भएको छ। बंगलादेशको एक खेलबाट २ अंक छ। नेदरल्याण्ड्सको २ खेलबाट २ अंक छ। नेपाल र श्रीलंकाको अंकविहिन छन्। प्रतियोगिता अन्तरगत आज वेष्टइन्डिज र युगान्डा तथा भारत र पाकिस्तान तथा ओमान र स्कटल्याण्ड आमने सामने हुँदैछन्।

सम्बन्धित समाचार