२०८३ बैशाख २३ गते , बुधबार

टी–२० विश्वकपमा युगान्डाको पहिलो जित

sajilo news
झापा
२०८१ जेष्ठ २४ गते , विहीबार
टी–२० विश्वकपमा युगान्डाको पहिलो जित

आइसीसी टी–२० विश्वकपमा पपुवा न्यूगिनी (पीएनजी) दोस्रो खेलमा पनि पराजित भएको छ।  आज विहान भएको खेलमा पीएनजीलाई युगान्डाले ३ विकेटले हराएको हो। ७८ रनको सामान्य लक्ष्य युगान्डाले ७ विकेटको क्षतिमा पुरा गर्‍यो।  युगान्डाका लागि रियाज अलि साहले सर्वाधिक ३३ रन बनाए। 

प्रोभिडेन्स स्टेडियम, गुयानामा टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्यूगिनी १९ दशलमव १ ओभरमा सबै विकेट गुमाउँदै ७७ रन बनाएको थियो। ब्याटिङ नचल्दा पीएनजी सामान्य लक्ष्यमा सीमित भयो। 

पीएनजीका हिरीहिरीको १५ रन नै सर्वाधिक रह्यो। युगान्डाले विश्वकपमा विजयी सुरुवात गरेको छ भने पीएनजीको जारी विश्वकपमा लगातार दोस्रो हार हो।  

सम्बन्धित समाचार