२०८१ चैत्र १३ गते , बुधबार
एमाले भद्रपुरको अध्यक्षमा नेपाल

नेकपा एमाले भद्रपुर नगर कमिटीको दोस्रो नगर अधिवेशनले निर्माण नेपालको अध्यक्षतामा ८३ सदस्यीय नयाँ नगर कमिटी सर्वसम्मत चयन भएको छ ।
नगर कमिटीको उपाध्यक्षमा भीम केरुङ सुब्बा, सचिवमा डिल्लीराम पोखरेल, उपसचिवमा चन्द्र तामाङ, महिला उपसचिवमा गोमा घिमिरे सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक असारु राजवंशीले जानकारी दिए । खडानन्द गुरागाईँ अध्यक्ष, ज्ञानमणि पोखरेल उपाध्यक्षसहित ७ सदस्यीय लेखा कमिटीको नामावली पनि घोषणा गरिएको उनले बताए ।
निर्वाचित नयाँ कमिटीलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले पोलिटब्युरो सदस्य तथा झापा इन्चार्ज विशाल भट्टराई, नेकपा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा क्षेत्रीय इन्चार्ज वसन्त बानियाँ, एमाले झापा अध्यक्ष प्रेम गिरी, उपाध्यक्ष शिव ढुङ्गेलले लगायतले शुभकामना दिएका थिए ।