२०८१ पौष २९ गते , सोमबार

भारतीय लोकसभा निर्वाचनको मतगणना सुरु, को बन्ला नयाँ प्रधानमन्त्री ?

sajilo news
एजेन्सी
२०८१ जेष्ठ २२ गते , मंगलबार
भारतीय लोकसभा निर्वाचनको मतगणना सुरु, को बन्ला नयाँ प्रधानमन्त्री ?

भारतको लोकसभा अर्थात् तल्लो सदनका लागि भएको निर्वाचनको मतगणना आज सुरु भएको छ ।  ४५ दिन लगाएर केन्द्रशासितसहित २८ राज्यमा चुनाव भएको हो। १९ अप्रिलबाट प्रारम्भ भएको मतदान सात चरणमा गरी १ जुनमा सकिएको थियो। मतगणना अनुसार स्थानीय समयानुसार बिहान ८ बजेदेखि सुरु भएको हो।  ​

लोकसभाको कुल ५४३ स्थानका लागि सात चरणमा मतदान भएको थियो। मतगणना आरम्भ हुनुभन्दा अघि कैयौँ विपक्षी दलले धाँधली हुने आशङ्का व्यक्त गर्दै विद्युतीय मतदान उपकरण ईभीएमबारे चिन्ता व्यक्त गरेका छन्। 

सत्तारुढ भारतीय जनता पार्टीले तेस्रोपटक केन्द्रमा जितका लागि पूरा शक्ति लगाएर चुनावी मैदानमा उत्रिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रोपटक प्रधानमन्त्री बन्न प्रयासरत छन्। 

यसपटक जिते भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुपछि मोदी लगातार तेस्रोपटक प्रधानमन्त्री हुने व्यक्ति हुनेछन्।  

कांग्रेस नेता राहुल गान्धीको नेतृत्वमा इन्डिया गठबन्धनमा समाजवादी पार्टीका नेता अखिलेश यादव, आमआदमी पार्टीका संयोजक अरविन्द केजरिवालदेखि राष्ट्रिय जनता दलका नेता तेजस्वी यादवलगायत कैयौं विपक्षी नेताहरु भाजपालाई हराउन चुनावी मैदानमा  उत्रिएका छन्। पश्चिम बंगालमा ममता बनर्जीदेखि महाराष्ट्रमा उद्धव ठाकेर र शरद यादव समेतका नेताहरु भाजपालाई चुनौती दिँदै आएका छन्। ९७ करोड मतदाता रहेको भारतमा यसपटकको चुनावमा अघिल्लो पटकहरुभन्दा कम मतदान भएको छ। 

सम्बन्धित समाचार