२०८१ असार ६ गते , विहीबार

अर्जुन कपुर र मलाइका अरोराबीचको प्रेम सम्बन्ध टुट्यो

sajilo news
एजेन्सी
२०८१ जेष्ठ १९ गते , शनिबार
अर्जुन कपुर र मलाइका अरोराबीचको प्रेम सम्बन्ध टुट्यो

बलिउड नायक अर्जुन कपुर र नायिका मलाइका अरोराबीचको प्रेम सम्बन्ध टुटेको छ । भारतीय मिडियाकाअनुसार उनीहरुले सहमतिमै प्रेम सम्बन्ध टुङ्ग्याएको हो । 

अर्जुन र मलाइकाको सम्बन्ध टुट्नुको कारण भने खुलेको छैन । यद्यपि उनीहरुले सहमतिमै सम्बन्ध तोडेको बताइएको छ । यो घटनापछि मिल्ने साथीकै रुपमा सार्वजनिक हुने गरी उनीहरु छुट्टिएको हो ।

उनीहरुले यसबारे सार्वजनिक स्थानमा मयार्दित भएर प्रस्तुत हुने सहमति भएको छ । डिभोर्सी नायिका मलिकासँग अर्जुन पछिल्लो पाँच वर्षदेखि खुलारुपमा प्रेम सम्बन्ध थिए । ४५ वर्षको जन्मदिनमा मलाइकाले प्रेमसम्बन्ध सार्वजनिक गरेकी थिइन् ।

मलाइका र अर्जुनबीच १२ वर्षको उमेर अन्तर छ । यही कारण यो जोडी आलोचनाको सिकार बन्ने गरेको थियो । मलाइका नायक सलमान खानका भाइ अरबाजको पूर्वपत्नी हुन् ।
 

सम्बन्धित समाचार