२०८१ असार ६ गते , विहीबार

एमाले बिर्तामोडको अध्यक्षमा भट्टराई निर्वाचित

sajilo news
झापा
२०८१ जेष्ठ १६ गते , बुधबार
एमाले बिर्तामोडको अध्यक्षमा भट्टराई निर्वाचित

नेकपा एमाले बिर्तामोडको अध्यक्षमा पुनः सुवास भट्टराई निर्वाचित भएका छन् । उनले अध्यक्षका अर्का उम्मेदवार शेखर कँडेललाई ६९ मतान्तरले जितेका छन् । भट्टराईले २६८ र कँडेलले १९९ मत प्राप्त गरेका छन् ।

उस्तै, उपाध्यक्षमा मदन बुढाथोकी ३२३ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उपाध्यक्षका अर्का उम्मेदवार राहुल शर्माले १३४ मत प्राप्त गरे । सचिवमा अम्बिका लिङदेन २३८ मत सहित निर्वाचित भएका छन् भने अर्का उम्मेदवार लक्ष्मी बाँस्कोटाले २१० प्राप्त गर्दै पराजित भएका छन् ।

उपसचिवमा गङ्गालाल राजवंशी २२२ मत प्राप्त गर्दै निर्वाचित भए भने उनका प्रतिस्पर्धी हिमाल कन्दङवा २ मतले पराजित भए । यस्तै, महिला उपसचिवमा डिल्लीमाया आचार्य २५४ मतसहित निर्वाचित भइन् भने उनको प्रतिस्पर्धी चन्द्रकला पकुवाल सङ्ग्रौलाले १७६ मत प्राप्त गर्दै पराजित भइन् । लेखा अध्यक्षमा होमनाथ उप्रेती, उपाध्यक्षमा दिनेश अधिकारी र सचिवमा हिमाल मैनाली निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार