२०८१ माघ २५ गते , शुक्रबार

एमाले कचनकवलको अध्यक्षमा कार्की निर्वाचित

sajilo news
झापा
२०८१ जेष्ठ १६ गते , बुधबार
एमाले कचनकवलको अध्यक्षमा कार्की निर्वाचित

कचनकवल । नेकपा एमाले कचनकवलको अध्यक्षमा कुलबहादुर कार्की निर्वाचित भएका छन् । सामबारेदेखि सुरु भएको दोस्रो गाउँ अधिवेशनको बन्द सत्रमा अध्यक्ष पदका लागि कुलबहादुर कार्की र उपेन्द्र आचार्यको उम्मेदवारी परेको थियो । सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट कार्की निर्वाचित भएको जनाइएको छ । 

त्यस्तै उपाध्यक्ष र सचिवमा पनि दुई –दुई जनाको उम्मेदवारी परेको थियो। उपाध्यक्षमा धनमाया शिवाकोटी (भट्टराई), हर्कराज गुरुङ र सचिवमा दुर्गाप्रसाद थापा ,खगेन्द्र पाण्डेको उम्मेदवारी भएकोमा भट्टराई र थापा निर्वाचित भएका छन्। त्यसबाहेक अन्य पदाधिकारी र सदस्यहरू सर्वसम्मत चयन भइसकेको जनाइएको छ । 

सम्बन्धित समाचार