२०८१ कार्तिक २८ गते , बुधबार

टिकटकको सुरक्षा प्रणाली अपग्रेड

sajilo news
एजेन्सी
२०८१ जेष्ठ १५ गते , मंगलबार
टिकटकको सुरक्षा प्रणाली अपग्रेड

टिकटकले आफ्ना कम्युनिटी गाइडलाइन्समा अपडेट गर्दै क्रियटरलाई सशक्तीकरण गर्न र ग्लोबल कम्युनिटीका लागि सुरक्षित र रमाइलो वातावरण सुनिश्चित गर्ने उद्देश्यले नयाँ सुविधा ल्याएको छ । नयाँ अपडेटहरूमा स्पष्ट परिभाषा, नीति बुझ्न नयाँ सुविधा र अकाउन्ट स्टेटस अनुगमनका लागि सुधारिएका टुल समावेश छन् । टिकटकले हेट स्पिच, स्वास्थ्यसम्बन्धी गलत जानकारी र कन्टेन्ट मोडेरेसनसम्बन्धी नीतिमा स्पष्ट परिभाषा र थप विस्तृत जानकारी प्रदान गर्न आफ्नो कम्युनिटी गाइड लाइन्स परिमार्जन गरेको हो ।

परिवर्तनहरू टिकटकको नियम र प्रवर्तन प्रक्रियाबारे प्रयोगकर्ताको बुझाइ र पारदर्शितामा सुधार गर्न डिजाइन गरिएको टिकटकले जनाएको छ । फर यु फिडमा सुरक्षाको अनुभव सुनिश्चित गर्न टिकटकले नयाँ इलिजिबिलिटी मापदण्ड लागू गर्दैछ । उल्लेखित स्ट्याण्डर्ड उल्लंघन गर्ने खालका कन्टेन्ट बारम्बार पोस्ट गर्ने क्रियटरका अकाउन्ट फर यु फिडमा सिफारिसका लागि अस्थायीरूपमा अयोग्य हुनेछन् ।

साथै तिनीहरूको कन्टेन्ट सर्च रिजल्टमा कम देखिनेछ । प्रभावित क्रियटरले नोटिफिकेसन प्राप्त गर्नेछन् र यी निर्णयमा अपिल गर्ने मौका पाउनेछन् । टिकटकको नियम बुझ्न क्रियटरलाई सहयोग गर्न प्लेटफर्मले वार्निङ स्ट्राइक सिस्टम प्रस्तुत गर्दैछ । पहिलोपटक कम्युनिटी गाइड लाइन्स उल्लंघन गर्ने क्रियटरले सुरुमा एउटा चेतावनी प्राप्त गर्नेछन्, जुन उसको अकाउन्टको स्ट्राइक ट्यालीमा गणना हुने छैन । त्यसपछि हुने उल्लंघन भने ट्र्याक गरिनेछ र तदनुसार दण्डित पनि गरिने कम्पनीले जनाएको छ । यसका साथै टिकटकले टिकटक क्रियटरका लागि ‘आचार संहिता’ पनि प्रस्तुत गर्दैछ, जसले टिकटकका प्रोग्राम, यसले दिने सुविधा, इभेन्ट र अभियानमा भाग लिने क्रियटरका लागि मापदण्ड सेट गर्नेछ ।

 

सम्बन्धित समाचार