२०८१ असार ६ गते , विहीबार

एमाले हल्दिबारीको अध्यक्षमा पुनः सापकोटा

sajilo news
झापा
२०८१ जेष्ठ १४ गते , सोमबार
एमाले हल्दिबारीको अध्यक्षमा पुनः सापकोटा

नेकपा एमाले हल्दिबारीको अध्यक्षमा पुनः त्रिलोचन सापकोटा निर्विरोध निर्वाचित हुने भएका छन् । हिजोदेखि सुरु भएको दोस्रो गाउँ अधिवेशनको बन्द सत्रमा अध्यक्ष पदका लागि सापकोटाको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित हुने भएका हुन् । त्यस्तै सचिव र महिला उपसचिवमा पनि एक–एक जनाको उम्मेदवारी परेको छ ।सचिवमा हरिकृष्ण अधिकारी र महिला उपसचिवमा रोश्नी शिवाकोटीको उम्मेदवारी परेको छ ।

त्यसबाहेक उपाध्यक्षमा टीकाराम न्यौपाने र देवीप्रसाद ओली तथा खुल्ला उपसचिवमा रेम खरेल र धम्वीर नेम्वाङको उम्मेदवारी परेको छ । भोलि बिहान ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन तालिका रहेको छ । भोलि मध्यान्ह १२ बजेसम्म सर्वसम्मतका लागि समय दिइएको र त्यस समयभित्र सर्वसम्मत नभए मतदान गरिने अध्यक्ष मण्डलका अध्यक्ष नरेश चुँडालले बताए ।

सम्बन्धित समाचार