२०८१ असार ६ गते , विहीबार

राजभण्डारी पार्टी छाडेपछि माओवादीले तोक्यो सिवाकोटीलाई भद्रपुर कार्यवाहक अध्यक्ष

sajilo news
झापा
२०८१ जेष्ठ १२ गते , शनिबार
राजभण्डारी पार्टी छाडेपछि माओवादीले तोक्यो सिवाकोटीलाई भद्रपुर कार्यवाहक अध्यक्ष

नेकपा माओवादी केन्द्र भद्रपुरका अध्यक्षसहितले राजीनामा दिएर एमालेमा प्रवेश गरेपछि पार्टीले कार्यवाहक अध्यक्ष नियुक्त गरेको छ ।

नेकपा माओवादी केन्द्रको जिल्ला समन्वय समितिले मेदनी सिवाकोटीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो । दुई दिनअघि नेकपा माओवादी केन्द्र भद्रपुरका अध्यक्ष शिवकुमार राजभण्डारी, नरपति चापागाईँ , कुमार सेन्चुरीलगायत दर्जनौं कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।

नगर अध्यक्षसहित जिम्मेवार नेता कार्यकर्ता एमालेमा प्रवेश गरेपछि माओवादी पार्टीलाई ठुलो धक्का लागेको छ । जसबाट पार्टी आक्रोशित बनेको छ । नेकपा माओवादी केन्द्रको जिल्ला समन्वय समितिका संयोजक राजु आचार्य र सचिव मोहन टुडूले एक विज्ञप्ति जारी गरी एमालेमा प्रवेश गरेका राजभण्डारी लगायतहरु पार्टी आन्दोलन र उत्पीडित उपेक्षित वर्ग समुदायप्रति विश्वासघात गर्दै पलायन भएको आरोप लगाएका छन् ।

सम्बन्धित समाचार