२०८१ असार ६ गते , विहीबार

काँग्रेसका युवा नेता खड्का राप्रपा प्रवेश

sajilo news
झापा
२०८१ जेष्ठ ८ गते , मंगलबार
काँग्रेसका युवा नेता खड्का राप्रपा प्रवेश

नेपाली काँग्रेसका युवा नेता नरेन्द्र खड्का राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनले अबिर र खादा लगाइदिएर उनलाई पार्टी प्रवेश गराएका हुन् । यसअघि खड्का काँग्रेसको भ्रातृ संगठन तरुण दल झापाका पूर्व अध्यक्ष थिए । मेची उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष खड्का हाल नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका छन् ।

सम्बन्धित समाचार