२०८३ बैशाख २३ गते , बुधबार

आईपीएलमा बैंग्लुरुको ‘प्लेअफ’ सम्भावना कायमै

sajilo news
एजेन्सी
२०८१ बैशाख २८ गते , शुक्रबार
आईपीएलमा बैंग्लुरुको ‘प्लेअफ’ सम्भावना कायमै

रोयल च्यालेञ्जर्स बैंग्लुरुले आईपीएल क्रिकेटमा ‘प्लेअफ’ सम्भावना जीवित राखेको छ। गएराति भएको खेलमा पञ्जाब किंग्सलाई ६० रनको फराकिलो अन्तरले पराजित गर्दै बैंग्लुरु प्लेअफको रेसमा कायम रहेको हो। 

पराजित पञ्जाब भने प्लेअफ रेसबाट बाहिरिएको छ। धर्मशाला क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको बैंग्लुरुले उत्कृष्ट ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा २४१ रन जोडेको थियो। उसका विराट कोहलीले सर्वाधिक ९२, रजत पटिदारले ५५ तथा क्यामरन ग्रीनले ४६ रनको योगदान गरे। 

पञ्जाबका हर्सल पटेलले ३ तथा विद्वाथ काभेरप्पाले २ विकेट लिए। २४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पञ्जाब १७ ओभरमा १८१ रन बनाउँदा अलआउट भयो। उसका लागि राइली रोसवले सर्वाधिक ६१ तथा शशांक सिंहले ३७ रन जोडे। 

बैंग्लुरुका मोहम्मद सिराजले ३, स्वप्नील सिंह, लकी फर्गुसन तथा करन शर्माले २-२ विकेट लिए। गएरातिको जितसँगै बैंग्लोरु १२ खेलमा १० अंकसहित सातौँ स्थानमा छ। आईपीएलमा आज गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुनेछ।

 

 

सम्बन्धित समाचार