२०८३ असार २ गते , मंगलबार
झापामा चट्याङ लागेर एक जनाको मृत्यु
झापा । झापाको अर्जुनधारामा पानीसँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका २ चौरासे निवासी अन्दाजी ५४ वर्षीय मोहनप्रसाद दुलाल रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । प्रहरीका अनुसार मंगलबार दिउँसो ४ः५० मिनेटमा घर नजिकै मकैबारीमा मल लगाउँदै गरेको अवस्थामा चट्याङ पर्दा दुलालको छाती तथा पेटको भागमा लागेको थियो । घाइते भएको उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा ६:२० मिनेटमा मृत्यु भएको डीएसपी चन्दले बताए ।