२०८३ बैशाख २४ गते , विहीबार

दिउँसै पेस्तोल देखाएर ८० लाख रुपैयाँ लुटियो

sajilo news
झापा
२०८१ बैशाख २४ गते , सोमबार
दिउँसै पेस्तोल देखाएर ८० लाख रुपैयाँ लुटियो

जनकपुरमा दिउँसै पेस्तोल देखाएर ८० लाख रुपैयाँ लुटिएको छ। शुभ बचत तथा ऋण सहकारी संस्था धनुषाधामका कर्मचारी वीरेन्द्र महतोले बैंकबाट झिकेर लगिएको रकम लुटिएको हो । 
हिमालयन बैंकबाट ८० लाख रुपैयाँ लिएर धनुषाधामतर्फ जाँदै गरेको जनकपुरधाम उप–महानगरपालिका १९ थुमौना पोखरीको डिलमा महतोलाई पेस्तोल देखाएर लुटिएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा जाँदै गरेको समयमा तीन जनाको समूहले पेस्तोल देखाएको थियो । घटना बारेमा जिल्ला प्रहरी कार्यालय धनुषाका टोली घटनास्थल पुगेको छ।


 

सम्बन्धित समाचार