२०८३ असार २ गते , मंगलबार

कीर्तिपुरमा बस दुर्घटना, एक जनाको मृत्यु, तीन घाइते

sajilo news
काठमाडौं
२०८१ बैशाख २३ गते , आईतबार
कीर्तिपुरमा बस दुर्घटना, एक जनाको मृत्यु, तीन घाइते

कीर्तिपुरमा बस दुर्घटना भएको छ। रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने  बा.३ ख. २०२७ नम्बरको यात्रुबाहक बस कीर्तिपुर आयुर्वेदिक अस्पताल अगाडि दुर्घटना हुँदा एकको मृत्यु भएको छ। अन्य तीन यात्रु घाइते भउका छन्।  

आइतबार दिउँसो पौने तीन बजेको समयमा भएको दुर्घटनामा डा.गोविन्द रिजालको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको ठेगाना खुलेको छैन। यात्रुहरू डम्बर पन्त, बिमला श्रेष्ठ रमेशलामा घाइते भएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार