बिर्तामोडमा ३५ दिने कुक तालिम सुरु
बिर्तामोड । बिर्तामोडमा ३५ दिने होटेल व्यवस्थापनतर्फको कुक तालिम सुरु भएको छ । बिर्तामोड-४ स्थित सीप विकास तथा क्षमता अभिवृद्धि उपभोक्ता समितिको आयोजनामा यहाँका युवाहरूलाई कुक तालिम दिन लागिएको हो ।
बिर्तामोड ४ नम्बर वडा कार्यालयको सहयोग तथा आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडको प्रायोजनमा सुरु भएको तालिमको बिहीबार उद्घाटन गरिएको छ । वडा अध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्य भएको कार्यक्रममा आदर्श स्कुलका डाइरेक्टर सन्जोग खरेलले युवामा कुकिङको अवधारणा भए पनि यसलाई व्यावसायिक रुपमा सिकेर अघि बढ्न मद्दत मिल्ने बताए ।
वडा प्रतिनिधि केशवकुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा जनप्रतिनिधि निर्मला ल्वागुन, आदर्श टोल विकास संस्थाका चन्द्रप्रसाद दाहाल, मेघावारि टोल विकास संस्थाका पुष्प खडका लगायतले मन्तव्य राखेका थिए । आदर्श स्कुलका तालिम संयोजक दीपक दास, सेफ भुवन दङाल, सन्तोष मगरले तालिमलाई व्यवहारमा उतार्न प्रेरणा दिएका थिए ।