२०८२ बैशाख १३ गते , शनिबार
इन्टरनेट सेवा अवरुद्ध, डाउनलोड नै कठिन

नेपालका धेरैजसो इन्टरनेट सेवा प्रदायकको सेवामा जटिलता देखिएको छ। इन्टरनेट सेवा प्रदान गर्ने वर्ल्डलिंक, सुबिसु, भायनेटलगायत ठूला कम्पनीको सेवामा समस्या देखिएको हो।
भारतको एयरटेलबाट लिइएको ब्याण्डवीथको पैसा नतिरेकाले सेवा रोकिएको हुनसक्ने अनुमान गरिएको छ। यसअघि सेवा प्रदायक कम्पनीले जुनसुकै बेला सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिँदै आएको थियो।
इन्टरनेट सेवामा समस्या देखिएपछि अहिले सामान्य फाइल (डेटा अपलोड र डाउनलोड) समेत हुन सकिरहेको छैन। वेलावेलामा न्युन मात्रामा इन्टरनेट सञ्चालन भएकाले लाखौँ सेवाग्राहीहरूलाई समस्या भएको छ।