२०८३ असार २ गते , मंगलबार

सशस्त्रका १६ डीआइजीको सरुवा, कोशीमा सुवेदी

sajilo news
झापा
२०८१ बैशाख २० गते , विहीबार
सशस्त्रका १६ डीआइजीको सरुवा, कोशीमा सुवेदी

काठमाडौँ । सशस्त्र प्रहरी बलका १६ जना प्रहरी नायव महानिरीक्षकहरुको सरुवा गरिएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले डीआईजीहरुको सरुवा गरेका हुन् । डीआईजी ई.किशोर प्रधानलाई नम्बर–९ पशुपति बाहिनी मुख्यालयमा सरुवा गरिएको छ ।

नम्बर–३ गढीमाई बाहिनीमा गणेश ठाडामगर, नम्बर–५ बिन्ध्यावासिनी बाहिनीमा अभिकुमार खत्री र नम्बर–४ मुक्तिनाथ बाहिनी मुख्यालयमा कुलबहादुर नेम्वाङलाई सरुवा गरिएको छ ।  नम्बर–६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा दुर्गाप्रसाद भट्टराई र नम्बर–१ बराह बाहिनी मुख्यालयमा शम्भु सुवेदीलाई पठाइएको छ । 

प्रदेश–२ स्थित छिन्नमस्ता बाहिनीमा डीआईजी कालिदास धौबजीलाई पठाइएको छ ।  नम्बर–१ बाहिनीमा कार्यरत अन्जनी कुमार पोखरेललाई स्टाफ कलेज र पशुपति बाहिनीमा कार्यरत पुरुषोत्तम थापालाई प्रधान कार्यालयस्थित कार्य विभागमा सरुवा गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।

 

सम्बन्धित समाचार