२०८१ जेष्ठ ४ गते , शुक्रबार

मोरङमा श्रीमानले श्रीमतीको हत्या गरेको आशङ्का

sajilo news
मोरङ
२०८१ बैशाख २० गते , विहीबार
मोरङमा श्रीमानले श्रीमतीको हत्या गरेको आशङ्का

मोरङको सुन्दरहरैँचा–५ गोर्खाली टोलका पदम तामाङले श्रीमतीको हत्या गरेको आशङ्का गरिएको छ । बुधबार राति १ बजेतिर ४५ वर्षीया श्रीमती मनमाया तामाङको हत्या गरी पदम फरार भएका हुन् ।

यस अघि पनि श्रीमतीलाई कुटपिट गर्ने गरेकाले पदमले नै श्रीमतीको हत्या गरी फरार रहेको हुनसक्ने इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालले बताए ।

‘‘फरार भएकाले उनी माथि आशङ्का गरिएको छ । तर ठ्याकै श्रीमानले नै श्रीमतीको हत्या गरेको हो भन्ने एकिन भने भएको छैन,’’ प्रहरी निरीक्षक दाहालले भने ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा हत्या पदमले नै गरेको हुनसक्ने देखिएको छ । मृतकको शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लागिएको छ । प्रहरी परिचालन गरी फरार श्रीमानको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार