२०८३ असार २ गते , मंगलबार

भोजपुरमा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु, १२ घाइते 

sajilo news
झापा
२०८१ बैशाख १८ गते , मंगलबार
भोजपुरमा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु, १२ घाइते 

भोजपुर  । भोजपुरको आमचोक गाउँपालिका-८ पारकवा स्थितमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । सोमबार को १ ज २६१७ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई बाटो देखि अन्दाजी २०० मिटर तल खसी दुर्घटना भएको थियो । दुर्घटनामा परी गाडीमा सवार आमचोक- १० की २७ वर्षीय रुना राईको घटनास्थलमा नै मृत्यु भएको थियो । त्यस्तै धरान ५ की ३६ वर्षीय शान्ति राईको उपचारको क्रममा घोपा धरानमा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका चालक आमचोक- १ का ३६ वर्षीय प्रकाश राई, ३० वर्षीय सुमन राई, ६० वर्षीय वीर बहादुर राई, ३३ बर्षीया सृजना राई, ३१ बर्षीया सरस्वती राई, १३ वर्षीय साईमन राई, ५ वर्षीय सायल राई, ६ महिनाको अनर्प राई, ५ वर्षीय खानुहाङ राई,  १३ बर्षीया लिजा राई, ९ बर्षीया आशिका राई र ५ बर्षीया सृष्टि राईको घोपा धरानमा उपचार जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

सम्बन्धित समाचार