२०८३ बैशाख २४ गते , विहीबार

झापामा प्रहरीले गाेली चलायाे, एक काराेबारी पक्राउ

sajilo news
पार्थ मण्डल
२०८१ बैशाख १७ गते , सोमबार
झापामा प्रहरीले गाेली चलायाे, एक काराेबारी पक्राउ

झापा । झापामा लागुओैषध काराेबारीलाई  पक्राउ गर्ने क्रममा प्रहरीले गाेली चलाएकाे छ । 

नेपाल-भारत सीमा नाका झापा गाउँपालिका-६ स्थित कामाटाेली प्रहरीले साेमबार साँझ ६ बजेकाे समयमा  ६ राउन्ड गाेली चलाएकाे जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए । भारतबाट लागुओैषध बाेकेर नेपालतर्फ आइरहेका अन्दाजी ३० बर्षीय अबदुल रसिद मियाले प्रहरीमाथि आक्रमण गरेपछि प्रतिकारमा प्रहरीले गाेली चलाएकाे एसपी केसीले बताए । प्रहरीले मियालाई नियन्त्रणमा लिएको छ । घटनाको विस्तृत विवरण आउन बाकी छ ।

सम्बन्धित समाचार