२०८३ बैशाख २४ गते , विहीबार

बैङ्किङ कसुर मुद्दाका फरार वडाध्यक्ष पक्राउ

sajilo news
रासस
२०८१ बैशाख १७ गते , सोमबार
बैङ्किङ कसुर मुद्दाका फरार वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का वडाध्यक्ष रवि तामाङ पक्राउ परेका छन् ।  उच्च अदालत पाटनले बैङ्किङ कसुर मुद्दामा तीन दिन कैद र रु नौ लाख ९० हजार जरिवाना तोकेको थियो ।  

प्रहरी निरीक्षक सञ्जीव यादवको टोलीले तामाङलाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए ।

उच्च अदालत पाटन ललितपुरको २०७८ फागुन २० गतेको फैसलाले बैङ्किङ कसुर मुद्दामा वडाध्यक्ष तामाङलाइए तीन दिन कैद र नौ लाख ९० हजार जरिवाना सजाय तोकेको थियो । 

प्रहरीको फरार सूचीमा रहेका तामाङलाई आजै पक्राउ गरी जिल्ला अदालत चौतारामा पेस गरिएको प्रनाउ भट्टराईले बताए ।

सम्बन्धित समाचार