२०८३ असार २ गते , मंगलबार
झापाको बाह्रदशीमा अटोमा लाग्यो आगो, चालक घाइते
झापाको बाह्रदशी-१ भागडुब्बामा अटोमा अचानक आगलागी हुँदा चालक घाइते भएका छन् । राजगढबाट नयाँ बस्तीतर्फ जाँदै गरेको प्र १–०१–००२ ह ८७१ नम्बरको अटोमा आज दिउँसो साढे ३ बजेतिर अचानक आगलागी भएको हो । अगाडिको चक्काको पत्ती भाँच्चिएर चालक आफैले मर्मत गर्ने क्रममा तार सर्ट हुँदा अटोमा आगलागी भएको बताइएको छ ।
आगलागीबाट दमक ४ घर भई बाह्रदशी ३ राजगढमा बस्दै आएका अटो चालक ५५ वर्षीय गोपाल थापा घाइते भएका छन् । हात जलेका उनलाई राजगढ पोलिक्लिनिकमा उपचार गरिएको इलाका प्रहरी कार्यालय राजगढले जनाएको छ । आगलागीबाट अटो क्षतिग्रस्त भएको छ ।