२०८३ असार २ गते , मंगलबार

बालेनले भने- 'देशभरका विपन्न बिरामीको उपचार निःशुल्क गर्छौँ '

sajilo news
काठमाडौं
२०८१ बैशाख १६ गते , आईतबार
बालेनले भने- 'देशभरका विपन्न बिरामीको उपचार निःशुल्क गर्छौँ '

काठमाडौं महानगरपलिकाका प्रमुख बालेन साहले देशका जुनसुकै भागका गरिब तथा असहायको उपचार निःशुल्क गर्ने बताएका छन् । 

आइतबार बिहान सामाजिक सञ्जालमा लेख्दै उजनले सम्बन्धित स्थानीय तहको सिफारिस लिएर आए महानगरले निःशुल्क उपचार गर्ने बताएका छन्। महानगरसँग  ५२ अस्पतालका ३७४ बेड रहेको उनले जानकारी दिएका छन्।

‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला’, उनले लेखेका छन्, ‘हामीसँग ४३ अस्पतालका ३२३ बेड आबद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ।’

सम्बन्धित समाचार