२०८३ असार २ गते , मंगलबार

मोटरसाइकलको चक्कामा सल बेरिँदा एक युवतीको मृत्यु

sajilo news
झापा
२०८१ बैशाख १६ गते , आईतबार
मोटरसाइकलको चक्कामा सल बेरिँदा एक युवतीको मृत्यु

महोत्तरीको बर्दिबासमा मोटरसाइकलको चक्कामा सल बेरिँदा एक युवतीको मृत्यु भएको छ। दुर्घटनामा उनकी आमा गम्भीर घाइते भएकी छन्। पूर्वपश्चिम राजमार्गमा पर्ने बर्दिबास नगरपालिका- ५ टुटेश्वर जङ्गलमा सर्लाहीबाट महोत्तरीको बर्दिबास तर्फ जाँदै गरेको प्रदेश २-०३-००७ प ३३६९ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । 

दुर्घटनामा सर्लाहीको बागमती नगरपालिका- ४ कर्मैया निवासी २२ वर्षीया स्मृति कार्की रानाभाटाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । दुर्घटनामा उनकी आमा ५० वर्षीया उषा कार्की गम्भीर घाइते भएकी छन्। उनलाई थप उपचारको लागि काठमाडौँ लगिएको छ ।

‘मोटरसाइकल स्मृतिले चलाएको थियो । पछाडि बसेकी आमाको सल मोटरसाइकलको पछाडिपट्टिको चक्कामा बेरिँदा मोटरसाइकल अनियन्त्रित भई घटना भएको प्रहरीले जनाएको छ । 

 

सम्बन्धित समाचार