२०८३ असार २ गते , मंगलबार

इलाम-२ को मतगणना ११ बजेदेखि सुरु हुने

sajilo news
इलाम
२०८१ बैशाख १६ गते , आईतबार
इलाम-२ को मतगणना ११ बजेदेखि सुरु हुने

इलाम-२ मा मतगणना बिहान ११ बजे शुरु हुने भएको छ। आइतबार बिहान बसेको सर्वदलीय बैठकले ११ बजे मतगणना थाल्ने निर्णय गरेको हो । 

मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले फाकफोकथुम गाउँपालिकाबाट मतगणना शुरु गर्ने जानकारी दिए। त्यसपछि क्रमश: चुलाचुली, माङ्सेबुङ, माई, देउमाई र इलामको मतगणना हुनेछ।

सबै मतदान केन्द्रबाट मतपेटिका इलामस्थित गौतम बुद्ध सभा हलमा ल्याइसकिएको छ। हलका दुई स्थानमा मतगणना हुनेछ।  मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतगणना स्थलमा तारले घेरेर ११ वटा सीसीटीभी जडान गरिएको छ।  मतगणनाको नतिजा इलाम चोक बजारको ‘डिस्प्लेमा समेत देखाउने तयारी गरिएको छ।

सम्बन्धित समाचार