२०८३ असार २ गते , मंगलबार
पराजुली टी इन्डस्ट्रिजबाट उत्पादित सिटिसि चिया उत्कृष्ट, बोर्डले गर्यो सम्मान
भद्रपुर । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले झापा भद्रपुर-६ स्थित पराजुली टी इन्डस्ट्रिजलाई सम्मान गरेको छ । विकास बोर्डले शनिबार २८ओैं राष्ट्रिय चिया दिवसको अवसरमा पराजुली टी इन्डस्ट्रिजलाई सम्मान गरेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले इन्डस्ट्रिजका प्रबन्ध निर्देशक आदित्य पराजुलीलाई सो सम्मान पत्र प्रदान गरेका थिए ।
तराई भेगमा गुणस्तरीय सिटिसि चिया उत्पादन गरी चियाको मुल्य शृङ्खलामा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै पराजुली टी इन्डस्ट्रिज सम्मानित भएको जनाइएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निमित्त कार्यकारी निर्देशक डा. दीपक खनालको अध्यक्षतामा कार्यक्रम भएको थियो । नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष समेत रहेका युवा उद्यमी पराजुलीको झापा र इलाममा गरी एक दर्जन बढी चिया उद्योग रहेको छ ।