२०८३ असार २ गते , मंगलबार
हात्तीको आक्रमणबाट मेचीनगरका सुवेदी घाइते
झापाको मेचीनगरमा जङ्गली हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन् । मेचीनगर नगरपालिका-११ हिँडिया खोला नजिकै शनिबार साँझ हात्तीको आक्रमणबाट स्थानीय अन्दाजी ६५ वर्षीय हर्क बहादुर सुवेदी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कालिका सामुदायिक वनबाट निस्किएको एउटा हात्तीले सडकमा हिडिरहेका सुवेदीलाई सुँडले हानेर घाइते बनाएको छ । उनलाई उपचारका लागि बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल लगिएको छ ।