२०८३ असार २ गते , मंगलबार

आजको मौसम : यी प्रदेशमा हावाहुरी र वर्षा

sajilo news
झापा
२०८१ बैशाख १५ गते , शनिबार
आजको मौसम : यी प्रदेशमा हावाहुरी र वर्षा

पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली छ। बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। त्यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।  लुम्बिनी  प्रदेशका केही, सुदूरपश्चिम प्रदेश, कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना छ।

सम्बन्धित समाचार