२०८३ बैशाख २४ गते , विहीबार

विराटनगरमा बाल यौन दुर्व्यवहारको आरोपमा होटल सञ्चालक पक्राउ

sajilo news
मोरङ
२०८१ बैशाख १५ गते , शनिबार
विराटनगरमा बाल यौन दुर्व्यवहारको आरोपमा होटल सञ्चालक पक्राउ

प्रहरीले बाल यौन दुर्व्यवहारको आरोपमा विराटनगरका एक होटल सञ्चालकलाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका–४ नोबेल अस्पतालनजिकको माँ पाथीभरा होटलका सञ्चालक ५० वर्षीय केदार सेडाईंलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए। उनका अनुसार प्रहरी टोलीले शुक्रबार साँझ सेडाईंलाई पक्राउ गरेको हो। 

मोरङको केराबारी घर भएकी १५ वर्षीया बालिकालाई आफ्नो होटलमा ल्याएर यौन दुर्व्यवहार गरेको आरोप सेडाईंमाथि लागेको छ। शुक्रबार बिहान ११ बजेतिर बालिकालाई दुर्व्यवहार गरेको भनेर उनीविरुद्ध किटानी जाहेरी परेको डीएसपी बस्नेतले बताए।  विराटनगर–४ घर भएका सेडाईंलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ। 

सम्बन्धित समाचार