२०८१ बैशाख २३ गते , आईतबार

सलमान खानको अपोजिटमा कियारा!

sajilo news
एजेन्सी
२०८१ बैशाख १३ गते , विहीबार
सलमान खानको अपोजिटमा कियारा!

मुम्बई । सलमान खानको चलचित्र ‘सिकन्दर’मा कियारा आडवाणीको अभिनय रहेको बताइएको छ । ‘सिकंदर’ मा सलमानको अपोजिटमा उनी देखिने छिन् । यो चलचित्रको छायांकन अर्को महिनादेखि हुँदैछ । एआर मुरुगादासले निर्देशन गर्ने यो चलचित्रलाई साजिद नाडियाडवालाले निर्माण गर्दै छन् । 

चलचित्रमा मुख्य भूमिकाका लागि त्रिशा कृष्णनको नाम यसअघि सार्वजनिक भएको थियो । तर अहिले उनी यो प्रोजेक्टबाट अलग भएको बताइएको छ ।

यतिवेला कियारा शंकरको तेलुगु चलचित्र ‘गेम चेन्जर’मा काम गरिरहेकी छिन् । जसमा उनीसँगै रामचरण छन् । ‘सिकन्दर’मा सलमान खानको अपोजिटमा को देखिने भन्ने विषयमा भने निर्माताले कुनै आधिकारिक जानकारी सार्वजनिक गरेका छैनन् ।
 

सम्बन्धित समाचार