२०८१ बैशाख २३ गते , आईतबार

मेचीनगरमा दुईवटा मोटरसाइकल ठोक्कियो, पाँच जना घाइते

sajilo news
झापा
२०८१ बैशाख १३ गते , विहीबार
मेचीनगरमा दुईवटा मोटरसाइकल ठोक्कियो, पाँच जना घाइते

झापाको मेचीनगरमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा पाँच जना घाइते भएका छन् । बिहीबार दिउँसो साढे ३ बजेको समयमा मेचीनगर नगरपालिका-३ बडाखाल टोलस्थित भित्री सडक खण्डमा ईटाभट्टाबाट बौद्ध मोडतर्फ जाँदै गरेको प्रदेश १–०१–०१४ प ५८४९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ग २३ प २३९८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । 

दुर्घटनामा परी प्रदेश नम्बर १–०१–०१४ प ५८४९ नम्बरको मोटरसाइकल चालक मेचीनगर- ७ का २८ वर्षीय तीर्थ दाहालको दाहिने खुट्टा भाँच्चिएको, सोही मोटरसाइकल पछाडि सवार सोही ठाउँका २४ वर्षीय रुपेश गिरीको दाहिने खुट्टा र ढाडमा चोट लागेको र सोही मोटरसाइकल पछाडि सवार ३४ वर्षीय मदनकुमार अधिकारीको दुवै हात र खुट्टामा चोट लागेको छ ।

त्यस्तै ग २३ प २३९८ नम्बरको मोटरसाइकल चालक सप्तरी बोदेबर्साईन नगरपालिका-८ का २१ वर्षीय मुकेश यादवको टाउको र नाकमा चोट लागेको र सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २१ वर्षीय ओमप्रकाश यादवको दाँत भाँच्चिएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको र दुवै मोटरसाइकल अस्थायी प्रहरी पोस्ट भृकुटीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले बताए ।

सम्बन्धित समाचार