२०८३ असार २ गते , मंगलबार

झापामा मोटरसाइकल दुर्घटना : मृतक तीनै जनाको सनाखत, उनीहरू दोमुखा पौडी खेल्न जाँदै थिए

sajilo news
झापा
२०८१ बैशाख १२ गते , बुधबार
झापामा मोटरसाइकल दुर्घटना : मृतक तीनै जनाको सनाखत, उनीहरू दोमुखा पौडी खेल्न जाँदै थिए

पूर्व-पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका-८ स्थित झिलझिलेमा बोलेरो जीपको ठक्करबाट मृत्यु हुने तीनैजनाको सनाखत भएको छ ।
मृत्यु हुनेहरुमा कमल गाउँपालिका-४ अमलडागी निवासी २० वर्षीय युनिस भण्डारी, सोही ठाउँका १७ वर्षीय सरोज रेग्मी र २५ वर्षीय मोटरसाइकल चालक मौसम राई रहेका छन् । एउटै ठाउँमा बसोबास गर्ने उनीहरु दोमुखामा पौडी खेल्न मोटरसाइकलमा जाँदै गर्दा दुर्घटनामा परेको बताइएको छ । तीन जनाको मृत्युले पूरै गाउँ शोकमा डुबेको छ । 

आज बिहान साढे ५ बजेको समयमा दमकबाट सुरुङ्गातर्फ आउँदै गरेको मे ३ प ५००१ नम्बरको १५० सीसीको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्र १–०१–००१ च ९३२९ नम्बरको बोलेरो जीप एक आपस ठोक्किँदा दुर्घटना भएको थियो ।
मोटरसाइकलमा सवार तीन जनामध्ये दुई जनाको घटनास्थलमै र एक जनालाई बीएण्डसी हस्पिटल बिर्तामोड लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

यता दुवै सवारीसाधनसहित बोलेरो चालक मेचीनगर नगरपालिका- ६ का ४५ वर्षीय ऋषिराज गिरीलाई इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा लिएको छ । 

सम्बन्धित समाचार