२०८१ बैशाख २२ गते , शनिबार

मोटरसाइकल दुर्घटनामा परी श्रीमान्-श्रीमतीको मृत्यु

sajilo news
झापा
२०८१ बैशाख ११ गते , मंगलबार
मोटरसाइकल दुर्घटनामा परी श्रीमान्-श्रीमतीको मृत्यु

बर्दिबास नगरपालिका–३ कालापानी जंगलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।  बाप्र ०२–०४३ प ७१८४ नम्बरको मोटरसाइकल सोमबार दुर्घटना हुँदा चालक सर्लाही ईश्वरपुर नगरपालिका–५ का ३५ वर्षीय मनोज चौधरी र मोटरसाइकलमा सवार उनकै श्रीमती २४ वर्षीया शिवानी चौधरीको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारको लागि बर्दिबासस्थित जनसेवा अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार