२०८३ असार २ गते , मंगलबार

कतारका राजा आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा

sajilo news
झापा
२०८१ बैशाख ११ गते , मंगलबार
कतारका राजा आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी आज मंगलबार अपराह्न नेपाल आउँदैछन्। ​कतारी राजा आउने भएको सरकारले आज सार्वजनिक बिदा दिएको छ।    कतारी राजालाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै गएर स्वागत गर्नेछन्। उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिनेछ।

कतारी अमिरले मंगलबार नै राष्ट्रपति पौडेलसँग शीतलनिवासमा भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। राष्ट्रपतिले उनको सम्मानमा साँझ राजकीय भोजको आयोजना गर्नेछन्। थानीले बुधबार प्रधानमन्त्री दाहालसँग द्विपक्षीय वार्ता गर्नेछन्। वार्तापछि दुवै द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुनेछन् 

सम्बन्धित समाचार