२०८३ बैशाख २४ गते , विहीबार

मेचीनगरमा सुनको सिक्री थुतेर भाग्दै गर्दा एकजना पक्राउ

sajilo news
झापा
२०८१ बैशाख ११ गते , मंगलबार
मेचीनगरमा सुनको सिक्री थुतेर भाग्दै गर्दा एकजना पक्राउ

झापाको मेचीनगरमा सुनको सिक्री थुतेर भाग्दै गर्दा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका- १३ स्थित तेलीवारि निवासी ३९ वर्षीय दिवस राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । 

सोमबार साँझ ७ः२५ बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगर- १३ स्थित श्रीनाथ पेट्रोल पम्पनजिक पैदल हिँडिरहेकी मेचीनगर- १२ सहरेडाँगी निवासी २१ वर्षीया रचना आङदम्वेले घाँटीमा लगाएको एक तोला सुनको सिक्री थुतेर साइकलमा भाग्दै गर्दा राजवंशी पक्राउ परेको डीएसपी चन्दले बताए । 

साइकल चढेर आएका अपरिचित व्यक्तिले महिलाको घाँटीबाट सुनको सिक्री थुती भागेको सूचना प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरी टोलीले राजवंशीलाई भाग्दै गरेको अवस्थामा फुलवासा खोलाबाट पक्राउ गरेको थियो । उनलाई सुनको सिक्री र साइकलसहित इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार