२०८३ बैशाख २४ गते , विहीबार
मेची पुलमा ब्राउन सुगरसहित एक कारोबारी पक्राउ
झापामा लागू औषध ब्राउन सुगरसहित एक कारोबारी पक्राउ परेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सोमबार साँझ ६ बजे मेचीनगर-६ स्थित मेची पुलमा चेकजाँच गर्ने क्रममा सशस्त्रको तालिम प्राप्त कुकुरले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री धादिङ खन्याबास गाउँपालिका- ५ का २० वर्षीय विनोद तामाङलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ४३.१५ ग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ । हालसम्म तालिम प्राप्त कुकुरबाट १०५.०५ ग्राम ब्राउन सुगरसहित ११ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याएको जनाइएको छ ।