२०८३ असार १ गते , सोमबार

बाँदर धपाउन बन्दुक पकडाउँदा बारुदको छर्रा लागेर एक जनाको मृत्यु

sajilo news
पाँचथर
२०८१ बैशाख १० गते , सोमबार
बाँदर धपाउन बन्दुक पकडाउँदा बारुदको छर्रा लागेर एक जनाको मृत्यु

पाँचथरको हिलिहाङ गाउँपालिका- ४ सिबुवा स्थित बाँदर धपाउन राखिएको बन्दुक पड्किदा एक जनाको मृत्यु भएको छ । आइतबार राती साढे १० बजे घरदेखि अन्दाजी १ किलोमिटर उत्तरमा मकै रोपेको खेतमा बाँदरलाई धपाउनको लागी भरुवा बन्दुक पड्काउने क्रममा स्थानीय ५१ वर्षीय मन कुमार सिगुको मृत्यु भएको छ । 

बन्दुकको फाइरिङ पिनको नाल फुटी पड्किदा बारुदको छर्राले शरीरको विभिन्न भागमा लागेर उनी घाइते भएको र उनको उपचारको क्रममा जिल्ला अस्पताल पाँचथरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

 

सम्बन्धित समाचार