२०८३ बैशाख १५ गते , मंगलबार
दुई करोड भन्दा बढी मूल्यको अवैध सामान बरामद
प्रहरीले दुई करोड बढी मूल्यको अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले २ करोड २० हजार बराबर मूल्यका विभिन्न ब्राण्डका लत्ताकपडाहरू बरामद गरेको हो।
वीरगन्ज नगरपालिका- ६ तुल्स्यान मार्केट पमपम बिल्डिङको कोठा भाड लिइ पसल सञ्चालक वीरगञ्ज महानगरपालिका १६ बस्ने २४ वर्षीय आकाश कुमार गुप्ता र वडा नम्बर ६ मा बस्ने ४४ वर्षीय रामएकवला कुशवाहको गोदाम तथा अन्य गोदामबाट सर्टिङ सुटिङ तथा कपा,सर्ट,पाइन्ट थान कपडा,सुती प्रिन्टेड कपाहरूलगायत दुई करोड मूल्यको सामान बरामद भएको प्रहरीले जनाएको छ। बरामद सामान वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ।