२०८३ असार १ गते , सोमबार

आजको मौसम : कोशी, मधेश र लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना

sajilo news
झापा
२०८१ बैशाख ९ गते , आईतबार
आजको मौसम : कोशी, मधेश र लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना

जल तथा मौसम विज्ञान विभागले आज राती कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना औँल्याएको छ। कोशी र गण्डकीको उच्च पहाडी तथा हिमाली भुभागमा भने हल्का हिमपात हुने अनुमान पनि विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

भोलि दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक, दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का पानी पर्नसक्ने महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार