२०८१ बैशाख २१ गते , शुक्रबार

झापाको बनियानीमा दुई वटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

sajilo news
झापा
२०८१ बैशाख ८ गते , शनिबार
झापाको बनियानीमा दुई वटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

झापाको बनियानीमा गएराति दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

शुक्रबार राती ९ः ५० बजेतिर बनियानी केचना सडक अन्तरगत कचनकवल गाउँपालिका- ६ बनियानीको पेट्रोल पम्प नजिक  केचनाबाट बनियानीतर्फ आउँदै गरेको मे ८ प ८१७ नम्बरको मोटरसाइकल र बनियानीबाट केचनातर्फ जाँदै गरेको बीआर३६ एक्स ३९४४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थिए ।

दुर्घटनामा परी बीआर३६ एक्स ३९४४ नम्बरको मोटरसाइकलका चालक कचनकवल- ४ निवासी ४१ वर्षीय कृष्णप्रसाद शाहको मृत्यु भएको हो । त्यस्तै सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँका १४ वर्षीय संदिप माझी गम्भीर घाइते भएका छन् । उनलाई ओमसाई पाथीभरा हस्पिटल भद्रपुरबाट बीएण्डसी हस्पिटल बिर्तामोड रेर्फर गरिएको छ ।

त्यस्तै मे ८ प ८१७ नम्बरको मोटरसाइकलमा सवार कचनकवल- ६ निवासी २१ वर्षीय गोपाल राजवंशी र वडा नम्बर ७ निवासी अन्दाजी २५ वर्षीय रामबहादुर राजवंशी घाइते भएका छन् । उनीहरूको ओमसाई पाथीभरा हस्पिटलमा उपचार भइरहेको छ । यता इलाका प्रहरी कार्यालय बनियानीले दुवै मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार