२०८३ बैशाख २४ गते , विहीबार

पूर्वका सहकारीमा लुटपाट र चोरी गर्ने ६ जनाको गिरोह पक्राउ

sajilo news
झापा
२०८१ बैशाख ८ गते , शनिबार
पूर्वका सहकारीमा लुटपाट र चोरी गर्ने ६ जनाको गिरोह पक्राउ

झापा । पूर्वका सहकारीमा शृङ्खलाबद्ध रूपमा लुटपाट र चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । सहकारी लुटपाट गर्ने ६ जनाको समूहलाई प्रहरीले सुनसरीको इटहरीबाट शुक्रबार बिहान पक्राउ गरेको हो ।

पक्राउ परेको समूहले झापामा मात्रै विभिन्न १३ स्थानमा लुटपाट गरेको पाइएको छ । पक्राउ परेका ६ जनालाई अहिले झापा प्रहरीमा राखिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको रिट, झापा र सुनसरी प्रहरीले संयुक्त रुपमा उनीहरूलाई पक्राउ गरेको छ ।

प्रहरीले पक्राउ गरेका आरोपितको नाम गोप्य राखेको छ ।  सहकारी लुटपाट गर्ने समूहलाई पक्राउ गरिएको झापा प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिए । ‘केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछको काम भइरहेको छ । शनिवारसम्म थप विषय खुल्नेछ,’ एसपी केसीले भने, ‘अहिले मैले यति मात्रै भने । यस घटनाको विषयमा पत्रकार सम्मेलन गरी विस्तृतमा जानकारी दिनेछौँ ।’

पक्राउ परेका समूहले झापामा मात्रै एक दर्जन बढी ठाउँमा लुटपाट गरेको सुरक्षा स्रोतले जानकारी दिएको छ । झापामा केही दिनअघि मात्रै गौरादह नगरपालिकाका तीन वटा सहकारी लुटपाट भएको थियो । पछिल्लो समय झापा र मोरङका सहकारी चोरीका घटना बढ्दै गएको छ ।

सम्बन्धित समाचार