२०८१ बैशाख २० गते , विहीबार

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

sajilo news
इलाम
२०८१ बैशाख ७ गते , शुक्रबार
इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेर इलाम नगरपालिका–५ का ४२ वर्षीय दिलिप कुँवरको शुक्रबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलामको सन्दकपुर गाउँपालिका लैजाँदै गरिएको नयाँ विद्युतको पोलमा काम गर्ने क्रममा इलाम नगरपालिका–८ स्थित महाभीर टोलमा कुँवरलाई ११ हजार भोल्टको करेन्ट लागेको थियो ।

कुँवरको शव डढेको अवस्थामा बिजुलीको पोलबाट खसेको थियो । मृतकको शवलाई पोस्टमार्टमको लागि इलाम अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगूले जानकारी दिए ।

सम्बन्धित समाचार