२०८१ बैशाख २० गते , विहीबार

झापामा ब्राउन सुगरसहित चार जना पक्राउ

sajilo news
झापा
२०८१ बैशाख ७ गते , शुक्रबार
झापामा ब्राउन सुगरसहित चार जना पक्राउ

झापामा लागु औषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले जिल्लाका छुट्टाछुट्टै स्थानबाट ३ ग्राम ६ सय ४० मिलिग्राम ब्राउन सुगर र नगद १२ हजार ४६० रुपैयाँसहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बुद्वशान्ति गाउँपालिका- १ का २३ वर्षीय रत्न बहादुर राय, मेचीनगर नगरपालिका- १० का २४ वर्षीय विक्रम राजवंशी, सोही ठाउँका २२ वर्षीय विशाल लिम्बु र मेचीनगर- १२ का २२ वर्षीय नेत्र बहादुर राई रहेका छन् । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार