२०८२ जेष्ठ ११ गते , शनिबार
दुर्घटनामा परी स्कुटर चालकको मृत्यु

मोरङको कानेपोखरी गाउँपालिका-२ स्थित केरौनमा दुर्घटनामा परी स्कुटर चालकको मृत्यु भएको छ । बिहीबार दिउँसो साढे २ बजे कानेपोखरीबाट रमाइलोतर्फ जाँदै गरेको प्रदेश १-०२-०४९ प ५७२२ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा परी स्कुटर चालक स्थानीय ४५ वर्षीय दिलीप राजवंशी र स्कुटर सवार ४३ वर्षीय सुरुज कुमार राजवंशी घाइते भएका थिए । दुर्घटनामा परी घाइते भएका दुवै जनालाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा चालक राजवंशीको उपचारको क्रममा मृत्यु भएको थियो । घाइतेको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।