२०८१ बैशाख १९ गते , बुधबार

ब्राउन सुगरसहित दुई जना पक्राउ

sajilo news
मोरङ
२०८१ बैशाख ६ गते , विहीबार
ब्राउन सुगरसहित दुई जना पक्राउ

मोरङको विराटनगर- १५ स्थित एक नम्बर ढाटबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार दिउँसो भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका लेटाङ नगरपालिका- ९ का रोशन दर्जी र ३१ वर्षीय सुदन परियारलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । चेकजाँच गर्दा उनीहरूको साथबाट ७ ग्राम १ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । 

सम्बन्धित समाचार