२०८३ बैशाख २४ गते , विहीबार

एक लाख २० हजार घुससहित अधिकृत पक्राउ

sajilo news
झापा
२०८१ बैशाख ६ गते , विहीबार
एक लाख २० हजार घुससहित अधिकृत पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित एक अधिकृतलाई पक्राउ गरेको छ। कैलालीको राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल १ लाख २० हजार घुससहित पक्राउ परेका हुन्। स्रोत नखुलेको थप १ हजार ५ रुपैयाँ पनि उनको साथबाट भेटिएको आयोगले जनाएको छ। 

पालले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ बिल भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ परेको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए। नेपालगञ्जबाट पक्राउ परेका पालको विषयमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

सम्बन्धित समाचार