२०८३ असार १ गते , सोमबार

विराटनगरमा हिन्दु र मुस्लिम समुदायबीच झडप, प्रहरीद्वारा अश्रु ग्यास प्रहार

sajilo news
मोरङ
२०८१ बैशाख ५ गते , बुधबार
विराटनगरमा हिन्दु र मुस्लिम समुदायबीच झडप, प्रहरीद्वारा अश्रु ग्यास प्रहार

हिन्दु र मुस्लिम समुदाय बीचको झडपमा यति बेला विराटनगर–१५ तनावग्रस्त भएको छ। रामनवमीको अवसरमा  विश्व हिन्दु परिषद् नेपाल युवा विभागले निकालेको र्‍यालीमा सहभागी केही युवा र मुस्लिम समुदायको युवाहरू बीचको झडपले तनावग्रस्त भएको हो।

दुवै पक्षका  युवाहरूले  एक अर्को बीच  ढुंगामुढासमेत  प्रहार गरेका छन्। प्रहरीले भीड नियन्त्रण गर्न  करिब ९ वटा अश्रु ग्याससमेत प्रयोग गरेका छन्।  थप अप्रिय घटना हुन नदिनको लागी जिल्ला प्रहरी कार्यलय मोरङले बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

सम्बन्धित समाचार