२०८१ बैशाख १८ गते , मंगलबार

भद्रपुरमा म्याजिक भ्यान र ट्याक्टर ठोक्किँदा दुर्घटना, पाँच जना घाइते

sajilo news
झापा
२०८१ बैशाख ५ गते , बुधबार
भद्रपुरमा म्याजिक भ्यान र ट्याक्टर ठोक्किँदा दुर्घटना, पाँच जना घाइते

भद्रपुर । मेची राजमार्ग अन्तरगत चारआली-भद्रपुर सडक खण्डमा म्याजिक भ्यान र ट्याक्टर ठोक्किँदा दुर्घटना भएको छ । दुर्घटनामा परी म्याजिकमा सवार पाँच जना घाइते भएका छन् ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बुधबार दिउँसो ४ बजेको समयमा चन्द्रगढीबाट यात्रु बोकेर चारआलीतर्फ जाँदै गरेको प्र-१-०१-००१ ज ३६५८ नम्बरको म्याजिक भ्यान र चन्द्रगढीतर्फ आइरहेको प्र-०१-००१ त ९६४७ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएको थियो ।

भद्रपुर- १० स्थित छाता चोक नजिकै भएको दुर्घटनामा परी पाँच जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले म्याजिक भ्यान र ट्याक्टर नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार