२०८३ बैशाख २४ गते , विहीबार

एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

sajilo news
काठमाडौं
२०८१ बैशाख ५ गते , बुधबार
एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्। एन्फाका उपाध्यक्ष लामा बुधबार काठमाडौंबाट पक्राउ परेका हुन्।  

लागुऔषध मुद्दामा दोषी ठहर भएका लामालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरीका अनुसार लामा लागुऔषध मुद्दामा फरार प्रतिवादी हुन्।  

उच्च अदालत पाटनबाट लामालाई लागुऔषध खैरो हिरोइन बेचबिखनको कसुरमा दोषी ठहर गर्दै ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको थियो। लामा कैद र जरिवाना भुक्तान नगरी फरार रहेका थिए।  उनलाई कैद भुक्तानका लागि पक्राउ गरिएको हो। प्रहरीले लामालाई पक्राउ गरेर अदालत पेश गर्ने तयारी गरिरहेको छ।

सम्बन्धित समाचार